दुई वर्षभित्र देशभर बिजुली बलिसक्ने ऊर्जामन्त्रीको दाबी

नेपालभ्युज

दुई वर्षभित्र देशभर बिजुली बलिसक्ने ऊर्जामन्त्रीको दाबी
फाइल फोटो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्ष भित्र देशभर विद्युत् विस्तार भइसक्ने दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले आगामी दुई वर्षभित्रमा देशभर शतप्रतिशत विद्युत् पुर्याउने दाबी गरेका हुन् ।

उनले कर्णाली र सुदूरपश्चिम बाहेकका प्रदेशमा भने यस वर्ष नै शतप्रतिशत विद्युतीकरणको काम पूरा गर्नेगरी बजेट विनियोजन भएको बताए । उनले वर्षायाममा विद्युत् आपूर्तिलाई सहज बनाउनका लागि एक महिनाभित्रमा दुईवटा ट्रान्समिसन लाइन थप्न लागेको पनि जानकारी दिए ।

उनले विद्युत् उत्पादन, व्यापार, पूर्वाधार निर्माण, ट्रान्समिसन निर्माण र वितरण प्रणाली अपग्रेड गर्ने काम पनि भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved