ट्युनिसियामा रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३४ जना घाइते

नेपालभ्युज

ट्युनिसियामा रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३४ जना घाइते

ट्यनिसिया। पूर्वी–मध्य ट्युनिसियामा रात्रिकालीन यात्रुवाहक रेल पटरीबाट खसेर पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । साथै अन्य ३४ जना घाइते भएका छन् ।

ट्यनिसियन रेलवेको राष्ट्रिय कम्पनीले बुधबार जनाएअनुसार मध्यराति सोसे प्रान्तको मसाकेन शहरनजिकै सो रेल पटरीबाट खसेपछि दुर्घटना भएको हो । पीडित चालक र यात्रु रहेको एसएनसीएफटीले जनाएको छ ।

उक्त ट्रेन ट्यनिसियाको राजधानी ट्यनिसदेखि दक्षिणपूर्वी प्रान्त गाबेससम्मका लागि यात्रारत थियो ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको एसएनसीएफटीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved