मेयर बालेन भीडको पछि लागेको भन्दै सल्लाहकारले दिइन् राजीनामा

शैक्षिक मेला र फिल्म हल बन्द गराउनेलगायतका गतिविधिप्रति असन्तुष्टि जनाउँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका शिक्षा सल्लाहकार रेशु अर्याल ढुङ्गानाले पदबाट राजीनामा दिएकी छन्। मेयर लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा चलेको भन्दै अर्यालले राजीनामा दिएकी हुन्।

नेपालभ्युज

मेयर बालेन भीडको पछि लागेको भन्दै सल्लाहकारले दिइन् राजीनामा

काठमाडौं। शैक्षिक मेला र फिल्म हल बन्द गराउनेलगायतका गतिविधिप्रति असन्तुष्टि जनाउँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका शिक्षा सल्लाहकार रेशु अर्याल ढुङ्गानाले पदबाट राजीनामा दिएकी छन्।

मेयर लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा चलेको भन्दै अर्यालले राजीनामा दिएकी हुन्।

पछिल्लो समय काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्यालको नै मुख्य भूमिका थियो। तर, अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा भएको भन्दै उनले बालेनको टिमबाट बाहिरिएकी हुन्।

उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्। साना व्यवसाय गर्ने व्यक्तिहरूलाई जबरजस्ती नगर प्रहरी लगाएर धरपकड गरेको विषय पनि आफूले पटक–पटक उठाउँदा सुनुवाइ नभएको अर्यालको गुनासो छ।

गत वर्ष भदौमा काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा नियुक्त अर्यालले सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन्।

२०१७ मा शिक्षा क्षेत्रमा योगदान गरेबापत उनलाई सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनले प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत गरेको थियो। उनले टिच फर नेपालको ५ वर्ष अध्यक्षका रूपमा काम गरिसकेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved