काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को निमित्त प्रमुखमा कनिष्ठलाई नियुक्त गरिएको भन्दै विज्ञप्ति जारी गरी कृषि वैज्ञानिकहरूले आपत्ति जनाएका छन ।
मंगलबार कृषि वैज्ञानिकहरूको संस्था सोसाइटी अफ एग्रिकल्चर साइन्टिस्ट नेपाल (सास) ले विज्ञप्ति जारी गर्दै यस्तो असन्तुष्टि व्यक्त गरेको हो ।
गत ३१ जेठमा कृषि मन्त्रालयले नार्कको कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी डा. ध्रुवराज भट्टराईलाई दिएको थियो ।
नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीको कार्यकाल सकिएपछि उनले डा. दोजराज खनाललाई निमित्तको जिम्मेवारी दिएका थिए । तर, कृषिमन्त्री वेदुराम भुसालले डा. खनाललाई हटाएर ४०औं नम्बरमा रहेका भट्टराईलाई सो जिम्मेवारीमा ल्याएका थिए ।
क्षमतावान र उच्च वरीयताका वैज्ञानिकलाई हटाएर भट्टराईलाई नियुक्त गरेको भन्दै सासले उक्त निर्णय सच्याउन कृषिमन्त्री भुसालको ध्यानाकर्षण गराएको छ । कनिष्ठलाई नियुक्ति हुँदा नार्कको कार्यसम्पादनमै असर पर्ने चेतावनी पनि सासले गराएको छ ।
सासका अध्यक्ष डा.रामप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै कृषि मन्त्री भुसाललाई यो निर्णय तत्काल सच्याउन अनुरोध गरेका छन् ।
MINISTER IS PLAYING THE ROLE TO DIE THE INSTITUTION. HOW dare ? where r the seniors? Do they agree? If so they have to accept other juniors in their research station/ program/ centers to work under them. blunder is going inNARC. Where r the so called political faced organization within NARC. What r they doing?