संसद्‌मा चन्द्र भण्डारीको प्रश्न-‘वरिपरि झुपडी राखेर ठूलो महल बनाउनू शिक्षा हो ?’

नेपालभ्युज

संसद्‌मा चन्द्र भण्डारीको प्रश्न-‘वरिपरि झुपडी राखेर ठूलो महल बनाउनू शिक्षा हो ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले नेपालको शिक्षामा मूल्य, मान्यता र नैतिकता हराएको बताएका छन् । जलनमा परेपछि बुधबार दोस्रोपटक संसद्‌मा उपस्थित भएका भण्डारीले यस्तो बताएका हुन् ।

शिक्षा मन्त्रालयका लागि विनियोजित बजेट तथा योजनाबारे सल्लाह सुझाव राख्दै उनले भनेका छन्, “हाम्रो शिक्षामा मूल्य, मान्यता र नैतिकता नै हरायो । हामी वरिपरि गरिब राखेर आफ्नो घर सम्पन्न बनाउनू शिक्षा हो भन्ठान्छौँ । वरिपरि झुपडी राखेर बीचमा ठूलो महल बनाउँछौँ । के यो शिक्षा हो ?”

उनले धनीका छोराछोरीहरूले निजी र गरिबका छोराछोरीहरूले सरकारी विद्यालय पढ्नुपर्ने भाष्य निर्माण भएको बताए । “यसपछि निजीमा पढ्ने सबै विदेश जाने, सरकारी पढ्ने सबै अरब जाने, अनि कसरी हुन्छ देशको विकास, कसरी आउँछ समृद्धि ?,” उनले भनेका छन्, “यस्ता साना-साना कुराहरूलाई ख्यालमा राख्नुपर्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved