प्रतिनिधि सभामा सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री सिंहको निधनप्रति शोक प्रस्ताव पारित

बैठक ३० मिनेटका लागि स्थगित

नेपालभ्युज

प्रतिनिधि सभामा सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री सिंहको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । शोक प्रस्ताव पारित भएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

मङ्गलबार मन्त्री सिंह दुर्घटना परी उपचारको क्रममा निधन भएका थिए । प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला सांसदसरह नै सम्मान प्रकट गर्ने भन्दै सुरूमै शोक प्रस्ताव पारित गरेर बैठक स्थगन गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved