एजेन्सी । साइकल चलाउनु एउटा राम्रो कसरत हो । खासगरी महिलाहरुका लागि यो रामवाण नै हुन्छ । आउनुहोस् जानौं यसका फाइदा–
- दैनिक साइकल चलाउँदा क्यालोरी बर्न हुन्छ, जसले तौल कम हुन्छ । यदी तपाईं तौल कम गर्न चाहनुहुन्छ भने साइकल चलाउनुहोस् ।
- दैनिक साइकल चलाउँदा रक्तसञ्चार राम्रो हुन्छ र अक्सीजन शरीरमा राम्रोसँग पुग्न सक्छ ।
- साइकल चलाउँदा मुटुको धड्कन बढ्छ, जसले गर्दा मुटुको पनि कसरत हुन्छ र रक्तसञ्चार राम्रो हुन्छ ।
- साइकल चलाउँदा मांसपेशीहरु बलियो हुन्छन् । दैनिक लगभग ३० मिनेट साइकल चलाउनु तपाईंको भित्री मजबुतीको लागि आवश्यक हुन्छ ।
- साइकल चलाउनु एक प्रकारको कसरत हो । यो कसरत दैनिक गरेमा तनाव कम हुन्छ ।
- एक अध्ययनअनुसार साइकिलिंगले इन्सुलिनको स्तरलाई कम गर्न सक्छ । मधुमेहका रोगीहरुका लागि यो कसरत एकदमै लाभदायक हुन सक्छ ।
- दैनिक साइकल चलाउँदा शरीरको तल्लो भाग सुडौल हुन्छ र कम्मर पनि बलियो हुन्छ ।
Facebook Comment
Comment