संसद्‌मा सुमना-‘अङ्ग्रेजी नजान्दैमा नेपालीको परीक्षामा फेल गराएको जिम्मा कसले लिने ?’

नेपालभ्युज

संसद्‌मा सुमना-‘अङ्ग्रेजी नजान्दैमा नेपालीको परीक्षामा फेल गराएको जिम्मा कसले लिने ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यार्थीहरूले सही ‘स्कूलिङ’ पाइनरहेको बताएकी छन् । मङ्गलबार बसेको संसद् बैठकमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।

उनले एउटा विषयमा कमजोर विद्यार्थी सबै विषयमा कमजोर हुन्छन् भन्ने भाष्य निर्माण भइरहेको बताइन् । “अङ्ग्रेजी भाषा नजान्दैमा नेपालीको परीक्षामा विद्यार्थीहरूलाई फेल गराइन्छ भने त्यसको जिम्मा कसले लिने ? विद्यार्थी स्वयम्‌ले ? विद्यार्थीका नाममा दलहरूले खोलेर राखेका भातृ संगठनहरूले ? विश्वविद्यालयले ? सरकारले ? कि नीति निर्माण गर्छौँ भनेर यहाँ छलफल चलाएका बसेका हामीले ?,” श्रेष्ठले भनेकी छन् ।

त्यसअघि उने भनेकी छन्, “हामी हाम्रा विद्यार्थीहरूलाई के भनिरहेका छौँ ? बच्चाबेलादेखि नै सकी-नसकी निजीमा, अङ्ग्रेजी मिडियममा पढ, तपाईंहरूको विज्ञता तपाईंले पढेको विषयमा होइन, भाषामा जाँच गरिन्छ, घोकन्ते विद्या नै आवश्यक छ र बुझे पनि नबुझे पनि प्रश्न र उत्तर दुवै घोक्ने बानी गर्नुपर्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved