काठमाडौं। केही वर्षअघि नेविसंघका विद्यार्थीहरूको आक्रमणमा परी सख्त घाइते भएका त्रिविका उपप्राध्यापक प्रेम चलाउनेको न्यायको लागि मंगलबार जिल्ला अदालत काठमाडौं अगाडि प्रदर्शन भएको छ ।
हालै, मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरूविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। निर्णय भएसँगै हिजो सोमबार चलाउने आफैँ अदालतमा पुगी प्रदर्शनमा उत्रिएका थिए ।
प्रहरीले उनलाई हिजो अदालत परिसरबाट नियन्त्रणमा लिएको थियो ।
आज नागरिक आन्दोलनले आयोजना गरेको कार्यक्रममा चलाउने वैसाखीसहित सहभागी हुन आएका छन्।
प्रदर्शनकारीहरूले मुद्दा फिर्ता लिने निर्णय फिर्ता गर, प्रेम चलाउनेलाई न्याय दे, विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौँ, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन
गरेका छन् ।
बृहत नागरिक आन्दोलनको कार्यक्रम सकिएलगत्तै समाजवादी मोर्चा समर्थित विद्यार्थीहरूले चलाउने को पक्षमा अदालत अघि नाराबाजी गरे । नाराबाजी गरेसँगै प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ।


Facebook Comment
Comment