तनहुँमा पहिरोमा परेर एक जनाको ज्यान गयो, दुई जना घाइते

नेपालभ्युज

तनहुँमा पहिरोमा परेर एक जनाको ज्यान गयो, दुई जना घाइते

तनहुँ । पृथ्वी राजमार्गको सडक विस्तारको काम गरिरहेका बेला पहिरोमा पुरिएर तनहुँमा एक मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा पृथ्वी राजमार्ग मुग्लिङ पोखरा सडक खण्डमामा काम गर्ने एकको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

झापा  जिल्लाको  शिवशताक्षी नगरपालिका– ७ बस्ने वर्ष ३३ को भीम भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

यसै गरी सोही ठाउँ निवासी  वर्ष ४५ को कृष्ण लिङदेलको घाइते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । उदयपुर जिल्लाको कटारी बस्ने वर्ष ४० को बल बहादुर राईको दमौलीको रत्न हरी अस्पतालमा उपचार भइरहेको छ  । टेवा पर्खालको काम भइरहेको बेला पहिरो खस्न गई सोही सडकमा निर्माण काम गरी रहेका बेला तिनै जना घाइते भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved