देश बदल्न भन्दा पहिला कांग्रेस बदल्न आवश्यक छ : गगन थापा

नेपालभ्युज

देश बदल्न भन्दा पहिला कांग्रेस बदल्न आवश्यक छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताएका छन् । सोमवार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेको बताए।

उनले नेपाली कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने बताए। उनले कांग्रेसलाई दुर्घटनाबाट बचाउनको लागि नेपाली कांग्रेसलाई फरक ढङ्गमा चलाउनु पर्ने जिकिर गरे । महामन्त्री थापाले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताए । उनले कांग्रेस बदल्न सक्ने भन्दै आवश्यकता अनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताए। उनले देश अफ्ठ्यारोमा भएको बेला कांग्रेसले देशलाई ठिक ढङ्गले सम्हाल्न सक्नुपर्ने बताए। उनले यस्तो बेलामा काँग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने बताए।

‘सिंगो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने छ । नेपाली कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेस जस्तो हुँदैन । देश नबदलि भएको छैन’ उनले भने, ‘कांग्रेसले देश बदल्दैन भनेर युवा विदेशीएको चिन्ता मानेर,देश बदलिन्छ भन्ने आत्माविश्वास लिएर जाँदा देश बदलिन्छ तर देश बदल्नको लागि नेपाली कांग्रेसले आफूलाई बदल्छ ।’

महामन्त्री थापाले सिङ्गो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने आवश्यकता रहेको बताए । उनले कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेस जस्तो नहुने बताए। उनले काँग्रेस बदल्दै मुलुक बदल्नुपर्ने आवश्यकता रहेको पनि बताए। उनले देश बदल्न सकिन्छ भन्ने आत्माविश्वास लिनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved