मोटरसाइकल चोरेर भागेका युवा ढलको पाइपमा छिरेर गायब, प्रहरी हैरान

नेपालभ्युज

मोटरसाइकल चोरेर भागेका युवा ढलको पाइपमा छिरेर गायब, प्रहरी हैरान
फाइल तश्वीर

काठमाडौं। मोटरसाइकल चोरीमा संलग्न एक युवक प्रहरीले पिछा गरेपछि भागेर ढलको पानी बग्ने ह्युमपाइपभित्रै गायब भएका छन्।

आइतबार दिउँसो काठमाडौँको सेतोपुलमा मोटरसाइकल चोरी गरी भागेका व्यक्तिलाई प्रहरीले मैतिदेवी, सेतोपुलसम्म पिछा गरेपछि कोरिडोरको पुलमुनि रहेको ह्युमपाइपभित्र छिरेका युवक बेपत्ता भएका हुन्।

ट्राफिक प्रहरीले ह्युमपाइपभित्र छिरेका युवकलाई भित्रै छिरेर खोज्ने प्रयास गर्दा उनी पाइपभित्र छिरेर बेपत्ता भएको र खोजिकार्य भइरहेको गौशाला प्रहरीले जनाएको छ।

अहिलेसम्म यस्तो घटना नभएको र यो पहिलो घटना भएकाले आफूहरु हैरान भएको प्रहरीले जनाएको छ । युवा अञ्जानमै पहिलोपटक ह्युम पाइपभित्र छिरेर वेपत्ता भएका हुन् वा उनले पाइपलाई सधैँ प्रयोग गर्ने बानी लगाएका थिए भन्ने बारेमा थाहा नभएको र आफूहरु हैरान भएको पनि प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved