कुलमानको चेतावनी-ट्रान्समिसन लाइन निर्माण नभए विद्युत् आपूर्तिमा समस्या आउँछ

नेपालभ्युज

कुलमानको चेतावनी-ट्रान्समिसन लाइन निर्माण नभए विद्युत् आपूर्तिमा समस्या आउँछ

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारले ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत् आपूर्तिमा समस्या आउने बताएका छन्।

आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले विद्युत् प्रसारण र वितरण लाइन निर्माणमा राज्यका अन्य कुनै पनि निकायले सहयोग नगरेको भन्दै ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत् आपूर्तिमा समस्या आउने बताएका हुन्।

उनले बिजुली निर्यात गर्न, आन्तरिक उपभोग बढाउन वा बिजुलीबाट आर्थिक लाभ लिन प्रसारण र वितरण लाइनमा सुधार गर्न आवश्यक रहेको बताए। उनले प्रसारण र वितरण लाइन निर्माण कार्यलाई सुधार गर्न नसके ऊर्जा क्षेत्रमा लगानी भएको अर्बौँ रुपैयाँ जोखिममा पर्ने सम्भावना रहेको बताए।

उनले प्रसारण र वितरण लाइन निर्माणमा गर्दा जग्गा प्राप्ति, रुख कटान लगायत समस्याका कारण प्रसारण लाइन निर्माण हुन नसक्दा बिजुली वितरणमा समस्या देखिएको दाबी गर्नुभयो। उहाँले विद्युतसमा सबै निकायहरूको सहयोग नभए देशमा ट्रान्समिसन लाइन बनाउन धेरै ठूलो चुनौती रहेको बताए।

घिसिङले ट्रान्समिसन लाइन नबने अर्को वर्ष विद्युत् व्यवस्थापन गर्न सक्ने सम्भावना नभएको बताए। उनले हेटौँडादेखि बुटवलसम्मको एमसीसीले बनाउने ४०० केभि लाइन ढिलो भयो भने धेरै विद्युत् खेर जाने बताए।

उनले ट्रान्समिसन लाइनमा ठूलो लगानी आवश्यक रहेको बताए। उनले अहिले उत्पादित विद्युत् खपत गर्न र बाँकी रहेको विद्युत्
निर्यात गर्नको लागि संरचनामा लगानी गर्न नसके अर्को विस्फोट (डिजास्टर) हुने बताए।

उनले भने ‘‘ विद्युत् ट्रान्समिसन लाइन बनाउनको लागि वनको धेरै ठूलो समस्या छ। भन्दा धेरै कुरा हुन्छ। ट्रान्समिसन लाइनको ठूलो समस्या छ। कसरी समस्या समाधान गर्ने सम्पूर्ण राज्य संयन्त्र लाग्नुपर्ने छ। स्थानीय निकाय देखि संघीय सरकार र हरेक व्यक्ति समुदायको सहयोग भएन भने नेपालमा ट्रान्समिटर लाइन धेरै ठूलो चुनौती छ। जब ट्रान्समिसन लाइन बन्दैन। घरघरमा जाने लाइनको ट्रान्सफर्मर राख्न दिइँदैन। भने कसरी सप्लाई रिलाईएभल हुन्छ। विद्युत् सहज सप्लाईको लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । यसमा सबै निकायहरूको सहयोग भएन भने यो देशमा ट्रान्समिसन लाइन बनाउन धेरै ठूलो चुनौती छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved