ताप्लेजुङको मेहेलेमा पहिरो, चार जना वेपत्ता

नेपालभ्युज

ताप्लेजुङको मेहेलेमा पहिरो, चार जना वेपत्ता
फाइल तश्वीर

ताप्लेजुङ। ताप्लेजुङमा पहिरोमा परेर चार जना वेपत्ता भएका छन् ।

सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परि एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका हुन् ।

घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएका हुन् ।

त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएका प्रहरीले जनाएको छ । वेपत्ताको खोजी भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved