नक्कली शरणार्थी प्रकरण : केहीबेरमा आदेश आउँदै, सुरक्षा व्यवस्था कडा बनाइयो

नेपालभ्युज

नक्कली शरणार्थी प्रकरण : केहीबेरमा आदेश आउँदै, सुरक्षा व्यवस्था कडा बनाइयो

काठमाडौं । केहीबेरमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितहरूलाई तारेखमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने सन्दर्भको जिल्ला अदालत, काठमाडौंको आदेश आउँदैछ ।

शुक्रबार अदालतमा थुनछेक बहस सकिएसँगै आजै आदेश आएने भएको छ । अदालका न्यायधीश प्रेमप्रसाद न्यौपानेले केहीबेरमा आदेश गर्दैछन् । सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आउनसक्ने स्रोत बताउँछ ।

यसपछि अदालत परिसरको सुरक्षा व्यवस्था कडा गरिएको छ । त्यहाँ नेपाल प्रहरीको ठूलो टोली खटिएको छ भने आरोपितहरू पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायझमारी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, पूर्वगृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत १८ पक्राउ परेका १८ जनाका समर्थकहरू पनि आइपुगेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved