सेनाको हेलिकप्टर दुर्घटना, २ जनाको मृत्यु

नेपालभ्युज

सेनाको हेलिकप्टर दुर्घटना, २ जनाको मृत्यु
सांकेतिक तस्वीर

याङ्गुन । म्यानमारको सेनाको हेलिकप्टर बिहीबार बिहान ने पाइ ताव केन्द्र शासित क्षेत्रको लुई टाउनसिपमा दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको ।

म्यानमारको राज्य प्रशासन परिषद्ले जनाएअनुसार तालिमका क्रममा मण्डले क्षेत्रको मिक्टिला जाँदै गरेको सेनाको हेलिकप्टर टाउनसिपको लेदारगी गाउँबाट करिब पाँच किलोमिटर दक्षिणपश्चिममा रहेको लेवे टाउनसिपमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हो ।

मृत्यु हुनेमा हेलिकप्टरका पाइलट र प्रशिक्षार्थी रहेको बुझिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved