काठमाडौं । प्रस्तावित प्रधानन्यायधीस हरिकृष्ण कार्कीले प्रष्टिकरण दिएपछि आजको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।
अर्को बैठक भोलि शुक्रबार विहान ८ बजेको लागि बोलाइएको छ । भोलिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग समितिले सवाल जवाफ गर्नेछ ।
आजको बैठकमा कार्कीले आफूले इमान्दार भएर राष्ट्र निर्माणको लागि काम गरेको दाबी गरेका छन् ।
संसदीय सुनुवाई विशेष समितिमा उपस्थित भएका कार्कीले आफू रहरले सर्वोच्च अदालत प्रवेश नगरेपनि प्रवेश गरेपछि भने निकै इमान्दार भएर काम गरेको दाबी गरेका हुन् ।
यस्तै प्रस्तावित प्रधानन्यायाधीश कार्कीले अदालतमा बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानून बनाउने योजना पेश गरेका छन् ।
कार्कीको लिखित कार्ययोजनामा बिचौलिया नियन्त्रणका लागि छुट्टै संयन्त्र गठन गरी दोषीउपर कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने उल्लेख छ ।
Facebook Comment
Comment