राष्ट्र निर्माणको लागि इमान्दार भएर काम गरेको छु : कार्की

नेपालभ्युज

राष्ट्र निर्माणको लागि इमान्दार भएर काम गरेको छु : कार्की

काठमाडौं । प्रस्तावित प्रधानन्यायधीस हरिकृष्ण कार्कीले आफूले इमान्दार भएर राष्ट्र निर्माणको लागि काम गरेको दाबी गरेका छन् ।

संसदीय सुनुवाई विशेष समितिमा उपस्थित भएका कार्कीले आफू रहरले सर्वोच्च अदालत प्रवेश नगरेपनि प्रवेश गरेपछि भने निकै इमान्दार भएर काम गरेको दाबी गरेका हुन् ।

उनले भने, ‘सर्वोच्चमा प्रस्ताव आयो त्यसपश्चात् । जाने मन थिएन , तर तत्कालीन प्रधानन्यायाधीशले आउनुहोस् जिम्मेवारी निर्वाह गर्नुहोस् भन्नुभयो र म त्यहाँ गएँ ।’

कार्कीले आफू २०४० सालदेखि कानून व्यवसायमा संलग्न रहेको उल्लेख गर्दै राष्ट्रिय महत्त्व, राष्ट्र निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

उनले आफू सामाजिक अभियन्ता हुँदै नेपाल बारमा बसेर संवैधानिक सर्वोच्चता कायम गर्ने अवसर आफूले पाएका बताएका छन् ।

बैठकमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रष्टीकरण लिने काम भइरहेको छ ।

कार्कीमाथि २९ जनाले उजुरी दिएका थिए । समितिका सदस्यहरुले उजुरीका विषयलाई लिएर कार्कीलाई प्रश्न सोधिरहेका छन् भने कार्कीले आफ्नो प्रष्टिकरण दिइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved