नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब नाघ्याे

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब नाघ्याे
प्रतीकात्मक तस्वीर

काठमाडौं। बुधबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । साताको चौंथो दिन पनि लगातार सेयर बजारको वृद्धिसँगै बुधबार कारोबार रकम बढेको छ ।

आज नेप्से १६.४२ अंकले बढेर २०३७ विन्दूमा रोकिएको हो । बुधबार बजारमा १ अर्ब २५ लाख ६१ हजार ४४० कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ कारोबार भएको छ । आज कारोबार रकम यस वर्षकै उच्च रहेको छ ।

यस्तै, खप्तड लघुवित्त वित्तीय संस्था र सिटी होटल्स सर्वाधिक नाफा कमाउनेमा परेका छन् । राष्ट्रिय बीमा कम्पनी र मोलुङ हाइड्रोपावर कम्पनीले सबैभन्दा धेरै घाटामा व्यहोरेका छन् ।

त्यसैगरी, शिवम् सिमेन्टस २८ करोड १७ लाख ८ हजार ८४२ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved