रास्वपामा ‘मूल सिद्धान्त के हो’ भन्नेमै विवाद

विश्लेषक भन्छन्- 'विश्वसनीयता प्रमाणित गर्न सकेन'

नेपालभ्युज

रास्वपामा ‘मूल सिद्धान्त के हो’ भन्नेमै विवाद

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आफ्नो मूल सिद्धान्त के हुने भन्नेमै विवाद देखिएको छ ।

मूल सिद्धान्त के हुने भन्ने सन्दर्भमा महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालको नेतृत्वमा एक दस्ताबेज बनेको थियो । उक्त दस्ताबेजमा व्यापक त्रुटि भएको भन्दै विवाद देखिएको हो । यसका कारण नेताहरूसमेत विभाजित बनेका छन् ।

जेठ ९ देखि १ हप्ता लगाएर महामन्त्री ढकालसहित केन्द्रीय सदस्य रमेश प्रसाईं र केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदीले भेडेटारमा तयार पारेको दस्ताबेज जेठ १६ गते केन्द्रीय समिति सदस्य, सांसद तथा जिल्ला सभापतिहरूलाई बाँडिएको थियो । त्यसका बारेमा अहिले विवाद देखिएको छ ।

विवाद देखिएपछि उक्त दस्ताबेज पुन:लेखन हुने भएको छ । पुन:लेखनको जिम्मा महामन्त्री ढकालसहित सन्तोष परियार, डा.स्वर्णिम वाग्ले, मनिष झा र शिशिर खनाललाई दिइएको छ । “अब पुन:लेखन हुन्छ,” सन्तोष परियारले भने, “अहिले बनेको दस्ताबेजमा धेरै कुराहरू छुटेका पनि छन् ।”

मुख्यगरी प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, धर्मको विषयलगायतका सन्दर्भमा विवाद बनेको रास्वपाका एक नेता बताउँछन् । “यी यी नै विषयहरूमा साथीहरूले त्रुटि औंल्याउनुभएको छ । यसलाई सुधारसहित अझ नरम लयमा लेख्न पुन: नयाँ लेखन समिति बनेको हो,” उनले भनेका छन् ।

त्यसो त रास्वपाले धेरै सामना गर्नुपरेको प्रश्न हो— मूल सिद्धान्त के हो ? यही प्रश्नको सामना गर्नका लागि बनेको आधिकारिक दस्ताबेज नै विवादित बनेपछि उसको अपरिपक्वता झल्किएको विश्लेषणहरू गरिन्छ । गठन भएको ५ महिनामै राष्ट्रिय दल बन्दै प्रतिनिधि सभामा २० सिट जितेको रास्वपा निर्णय प्रक्रियामा भने पटक-पटक टुटेकै देखिन्छ ।

जसै सधैँ नौटङ्कीले राजनीति नचल्ने बताउँछन् राजनीतिक विश्लेषक डा. कपिल श्रेष्ठ । “रास्वपाले आफ्नो विश्वसनीयता प्रमाणित गरिसकेको छैन । पहिले आफूमाथि विश्वसनीयता प्रमाणित गर्नुपर्छ । सधैँ नाटक र नौटङ्की तालले राजनीति चल्नै कुरै होइन । पहिले आफूलाई बलियो, स्यायी र परिपक्व बनाउनुपर्छ ।”

अर्क राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले पनि परम्परागतरूपमा राजनीति नचल्ने बताउँछन् । “परम्परागतरूपमा जसरी पार्टीहरू चल्थे, अब त्यसरी चल्दैनन् । जसरी हामीले परम्परागतरूपमा दृष्टिकोण राख्दै आयौँ पार्टीको राष्ट्रियता, लोकतन्त्र, समाजवाद भनेर । यी विषयलाई पनि अब नयाँ पार्टीहरूले परिभाषित र पुन:परिभाषित गर्नुपर्ने अवस्था छ,” उनले भनेका छन् ।

यस्तो छ दस्ताबेज;


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved