नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाणको तर्फबाट आज पनि बहस जारी

नेपालभ्युज

बालकृष्ण खाणको तर्फबाट आज पनि बहस जारी

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट बहस जारी रहेको छ । खाणको पक्षका वकिलले हिजो मंगलबारदेखि बहस सुरु गरेका हुन् ।

पहिलो दिन खाणको तर्फबाट १० जना वकिलले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्त रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्दैछन् । खाणको तर्फबाट बहस गर्ने वकिलहरू धेरै भएकाले दुई दिन लागेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सरकारी वकिलको बहसपछि प्रतिवादीको तर्फबाट वकिलहरुले निरन्तर बहस गर्दै आएका छन् । आज बहस सकेर आदेश दिनेगरी योजना बनाइए पनि अझै बहस नसकिएकाले थुनछेकको आदेश आउन ढिलाइ हुने निश्चित भएको छ ।

सबै प्रतिवादीको तर्फबाट बहस सकिएपछि सरकारी वकिलहरूले जवाफी बहस थाल्ने छन् । जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउनेछ ।

यो प्रकरणमा १८ जना पक्राउ परेका छन् भने बाँकी १२ जना फरार रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved