माइतीघरमा आत्मदाहको प्रयासपछि तनाव, केपी ओली र विद्या भण्डारीविरुद्ध नाराबाजी (तस्वीरहरू)

माइतीघरमा आत्मदाहको प्रयासपछि तनाव, केपी ओली र विद्या भण्डारीविरुद्ध नाराबाजी (तस्वीरहरू)

काठमाडौं। काठमाडौंको माइतीघर मण्डलामा एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन्। ती व्यक्तिले नागरिकता विधेयक जारी नभएको भन्दै  शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती व्यक्तिलाई प्रहरीले तत्कालै उद्धार गरी उपचारका लागि वीर अस्पतालमा पठाएको छ। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्ने व्यक्ति निरज कामत रहेको प्रहरीले बतायो।

आत्मदाहको प्रयासपछि केही युवाहरूले केपी ओली र विद्या भण्डारीविरुद्ध नाराबाजी गर्नुका साथै उनीहरूको फोटोमा जुत्ताले हान्दै फोटो जलाएका थिए ।

आत्मदाह प्रयास गर्ने कामतको अहिले वीर अस्पतालमा चेकजाँच भइरहेको छ ।

तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved