गठबन्धन बैठक बालुवाटारमा, बजेटमा बढेको असन्तुष्टिबारे छलफल

नेपालभ्युज

गठबन्धन बैठक बालुवाटारमा, बजेटमा बढेको असन्तुष्टिबारे छलफल

काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। मंगलबार बिहान बसेको उक्त बैठकमा बजेटमा गठबन्धनमै रहेका दलहरूको असन्तुष्टिबारे छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी बैठकमा  नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बजेट विनियोजनप्रति चर्को असन्तुष्टि जनाएका थिए ।

उनीहरूको असन्तुष्टिपछि प्रधानमन्त्री प्रचण्डले छुट्टाछुट्टै र सामूहिक छलफल थालेका हुन् । सोमबार माधव नेपालसहितका समाजवादीका सांसदहरू बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेर बजेट सच्चाउन आग्रह गरेका थिए । सोही क्रममा आइतबार र सोमबार दुवै दलका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर ध्यानाकर्षण गराइसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आश्वासन दिए पनि उनीहरू बजेट सच्चिनेमा विश्वस्त हुन सकेका थिएनन् । सत्ता गठबन्धनमा रहेका दलहरू आश्वस्त हुन नसकेपछि प्रधानमन्त्रीले मंगलबार गठबन्धनका शीर्ष नेताको बैठक बोलाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved