खाली पेटमा काँक्रो खानुका फाइदा

नेपालभ्युज

खाली पेटमा काँक्रो खानुका फाइदा

एजेन्सी। काँक्रो रंगमा हरियो हुनुका साथै कैयौं पोषक तत्त्वहरूले भरपूर हुन्छ । त्यसैले गर्मीमा काँक्रोको सेवन खाली पेटमा गर्दा पनि धेरै फाइदाहरू पाउन सकिन्छ।

काँक्रोमा अत्यधिक मात्रामा पानी हुन्छ, जसले तपाईंको शरीरलाई ऊर्जा प्रदान गर्दछ । साथमा तपाईंलाई ताजगी महशुस गराउँछ । खाली पेट काँक्रो खानाले तपाईंको शरीर हाइड्रेट र स्वस्थ रहन्छ।

त्यस्तै, तौल कम गर्नका लागि पनि खाली पेट काँक्रोको सेवन एकदमै फाइदाजनक हुन्छ । काँक्रोलाई पोषक तत्त्वले भरपुर तर क्यालोरी कम भएको खाना मानिन्छ । त्यसैले, यसलाई खाएर तपाईं आफ्नो तौललाई नियन्त्रण गर्न सक्नुहुन्छ ।

यसरी नै मधुमेहका बिरामीका लागि पनि खाली पेट काँक्रोको सेवन एकदमै फाइदाजनक हुन सक्छ । यो कम ग्लाइसेमिक इन्डेक्स भएको खाना मानिन्छ, जसले चिनीको मात्रालाई नियन्त्रित गर्दछ ।

यदि, तपाईंलाई कब्जियतको समस्या छ भने पनि खाली पेट काँक्रोको सेवन गर्न सक्नुहुन्छ । काँक्रोमा भरपूर मात्रामा पानी र फाइबर पाइन्छ, जसले पेट सफा गर्न सहयोग गर्दछ । त्यसैले, पाचनका लागि पनि काँक्रो सही हुन्छ । यसलाई पचाउन सजिलो हुन्छ त्यसैले सबैले यसलाई सजिलै खान सकिन्छ ।

काँक्रो शरीरसँगै छालाका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसको नियमित सेवनले छालामा चमक ल्याउनुका साथै छाला स्वस्थ राख्न सहयोग गर्दछ ।


Comment

One thought on “खाली पेटमा काँक्रो खानुका फाइदा

  1. अनुसन्धान विनाको यस्तो सुचनामुलक लेखले लाखौं पाठकबर्गलाई द्विग भ्रमित पार्छ।
    “खाली पेटमा काँकरी त अघाको पेटमा चुक,कित मरि जान्छ बावै कि त दिन्छ दुःख्” यो गाउँघरमा प्रचलित भनाइ हो। यस भनाईमा भोगाई लुकेको छ। केही बर्ष पहिला म आफैंले खाली पेटमा काँक्रो खाँदा पेट अत्याधिक दुखेर हस्पिटलाईज्ड भएको थिँए। त्यसैले राम्रो अध्यन बिनाको यसखाले लेखले आम पाठकको स्वास्थ्यमा खेलवाड त गर्दैन भन्ने प्रश्न उठ्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved