२ बालिका बलात्कार प्रयास आरोपमा दाङबाट ५ जना पक्राउ

नेपालभ्युज

२ बालिका बलात्कार प्रयास आरोपमा दाङबाट ५ जना पक्राउ
प्रतिकात्मक तस्वीर

दाङ । दुई बालिका बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दाङमा पाँच जनालाई पक्राउ गरेका छ ।

पक्राउ पर्नेमा एक बालक पनि रहेका छन् । राप्ती गाउँपालिका- ३ मसुरीयाका १४ र १२ बर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास गरेको आरोप उनीहरूमाथि लागेको छ ।

गढवा गाउँपालिका– ६ का १६ वर्षका किशोर, १८ वर्षका दिलसान अहमद, वडा नं. ५ का २० वर्षीय सुहेल खान र कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–११ का २० वर्षीय जाबेद भन्ने जाविद अलि नाउ रहेका आरोपीहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

१४ जेठमा दुई बालिका गढवा गाउँपालिका–६ बुद्धचोकस्थित आफन्तको घरमा गएका बेला आरोपीहरुले बालिकालाई मोटरसाइकलमा राखेर लमही–५ स्थित रातो डाँडा स्थित एउटा घरमा लगेर सामुहिक बलात्कारको प्रयार गरेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved