ए डिभिजन लिग : आज चार खेल हुँदै, बराबरीले पनि चर्च ब्वाइज च्याम्पियन बन्ने

नेपालभ्युज

ए डिभिजन लिग : आज चार खेल हुँदै, बराबरीले पनि चर्च ब्वाइज च्याम्पियन बन्ने

काठमाडौं ।  सहिद स्मारक ए डिभिजन लिगमा आज ४ खेल हुँदैछन् ।

आजको खेलले यस सिजनको च्याम्पियनको पनि निधो गर्ने सम्भावना रहेको छ । दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडले थ्री स्टार क्लबसँग खेल्दैछ । थ्रि स्टारसँगको खेलमा जित वा बराबरीले पनि चर्च ब्वाइज च्याम्पियन बन्नेछ ।

चर्च ब्वाइज अंक तालिकामा २४ खेलबाट ४४ अंक जोड्दै मच्छिन्द्र फुटबल क्लबभन्दा ५ अंकले अघि शीर्ष स्थानमा छ । आज एक अंक ल्याएमा १ खेल बाँकी रहँदा चर्च ब्वाइज ६ अंकले अघि हुनेछ र च्याम्पियन बन्नेछ।

आज नै च्यासल मैदानमा ३ बजे हुने खेलमा खुमलटार र एपीएफ तथा  एन्फा कम्प्लेक्समा ३ बजे नै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । बेलुका ६ बजे दशरथ रंगशालामा सातदोबाटो युवा क्लब र जावलाखेल युवा क्लबबीच खेल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved