प्रकृतिको काखमा रमाएकी घान्द्रुक (तस्वीरहरू)

प्रकृतिको काखमा रमाएकी घान्द्रुक (तस्वीरहरू)

कास्की। अन्नपूर्ण पदमार्गमा पर्ने मुख्य गाउँ हो घान्द्रुक। अन्नपूर्ण गाउँपालिका १० मा अवस्थित यो गाउँ, अन्नपूर्ण हिमालको काखमा बसेको छ।

नेपालको मध्य उत्तरी भागमा पर्ने एउटा सानो अनि सुन्दर गाउँ हो घान्द्रुक गाउँ । घान्द्रुक गाउँ समुन्द्री सतहबाट २०१२ मिटरको उचाइमा रहेको छ । यो आफैंमा अन्नपूर्ण, माछापुच्छ्रे, हिउँचुली लगायत हिमालहरूको काख हो ।

गुरुङहरूको परम्परागत पहिचान झल्काउने तथा वातावरणमैत्री बसोबास रहेको ‘होम स्टे’ नै यस गाउँको मुख्य आकर्षण हो ।

अहिले पोखरा बाट निजी वा सार्वजनिक सवारीसाधनमा ३ घण्टामा सजिलै घान्द्रुक गाउँ पुग्न सकिन्छ। हिडेर जाने हो भए पोखरा को नयाँपुलबाट एक दिनको पदमार्गमा घान्द्रुक गाउँ पुग्न सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved