भारतमा भएको रेल दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले जनाए दुःख व्यक्त

नेपालभ्युज

भारतमा भएको रेल दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले जनाए दुःख व्यक्त

काठमाडौं। भारतको ओडिशा राज्यस्थित बालासोर जिल्लामा भएको रेल दुर्घटनाप्रति भारत भ्रमणकै क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि दुःख व्यक्त गरेका छन् ।

दुर्घटनामा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूकाअनुसार चेन्नईबाट हावडातर्फ गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किँदा भयानक दुर्घटना भएको हो।

दुर्घटनालगतै प्रधानमन्त्री प्रचण्डले फेसबुकमार्फत भनेका छन्, ‘भारतको ओडिशामा आज भएको रेल दुर्घटनामा दर्जनौँको ज्यान गएकोमा म दुःखी छु। यस दुःखको घडीमा म प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, सरकार र शोक सन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु।’

दुर्घटनापछि भारतीय रेल मन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved