प्रधानमन्त्रीको भारत भ्रमणको टोली मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

भ्रमणमा ५ जना मन्त्रीसहितको टोली रहने

नेपालभ्युज

प्रधानमन्त्रीको भारत भ्रमणको टोली मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
फाइल फोटो

काठमाडौं। मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको टोली स्वीकृत गरेको छ । बैठकपछि जानकारी दिँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने टोली स्वीकृत गरेको बताइन्।

उनका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा पाँच जना मन्त्रीहरू सहभागी हुनेछन् । टोलीमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्र, अर्थ र उद्योगमन्त्रीलगायत रहनेछन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको उक्त टोली जेठ १७ गते भारत भ्रमणमा जाने र २० गते स्वदेश फर्किने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved