जनताको जीवनस्तर नसुध्रिएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैन : प्रधानमन्त्री

नेपालभ्युज

जनताको जीवनस्तर नसुध्रिएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैन :  प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताएका छन्।

सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक रहेको पनि बताउनुभयो ।

महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुन सके मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिने धारणा राख्दै उनले संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहजरूपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुननसक्ने बताए ।

प्रधानमन्त्री प्रचण्डलेले आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुनेसमेत बताउँदै जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिवद्धताका साथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो रहेको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved