माइतीघरमा समर्थकलाई हात हल्लाएर विमानस्थलतर्फ लागे रेशम चौधरी

नेपालभ्युज

माइतीघरमा समर्थकलाई हात हल्लाएर विमानस्थलतर्फ लागे रेशम चौधरी

काठमाडौं । जेलबाट रिहा भएका पूर्व सांसद रेशम चौधरीले माइतीघरमा पुगेर समर्थकसँग खुसी साटेका छन् ।

माइतीघरमा जम्मा भएका समर्थकलाई हात हल्लाएर चौधरीले खुसी साटे । उनी आजै कैलाली जाने तयारीमा छन् । त्यसका लागि उनी माइतीघरबाट सिधै विमानस्थलतर्फ लागेका थिए ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ जेलजीवन बिताइरहेका चौधरी गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी भएपछि विहान रिहा भएका हुन् ।

उनी केन्द्रीय कारागार डिल्लीबजारमा थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved