रेशम चौधरीले माइतीघर पुगेर समर्थकलाई सम्बोधन गर्दै

नेपालभ्युज

रेशम चौधरीले माइतीघर पुगेर समर्थकलाई सम्बोधन गर्दै

काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ जेलजीवन बिताइरहेका रेशम चौधरी रिहा भएका छन् ।

चौधरीले माइतीघरमा पुगेर पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकलाई सम्बोधन गर्ने कार्यक्रम छ । चौधरीको सम्बोधन सन्नको लागि नेता तथा कार्यकर्ता माइतीघरमा पुगेका छन् । चौधरी आजै गृह जिल्ला कैलाली जाने तयारीमा छन् ।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी भएपछि चौधरी सोमबार बिहान केन्द्रीय कारागार डिल्लीबजारबाट रिहा भएका हुन् ।

चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेका उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी, बुबाआमा,  नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमलगायतले फूलमालाले स्वागत गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved