मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

नेपालभ्युज

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

काठमाडौ। मन्त्रिपषिदको आकस्मिक बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्रीको जेठ १७ देखि हुने भारत भ्रमण, भोलि सोमबार संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे (रेशम चौधरीको आममाफी समेत) निर्णय हुन सक्नेछ।

सरकारले हरेक वर्ष गणतन्त्र दिवसमा कैदीहरूलाई बाँकी कैद छुट गर्दै आएको र यसबर्षको पनि निर्णय हुने बुझिएको छ। यद्यपि, त्यो छुटमा रेशम चौधरी पर्ने नपर्ने भन्ने निर्णय भने मन्त्रिपरिषद्ले गर्न सक्दैन। यो राष्ट्रपतिबाट मात्रै सम्भव छ।

टिकापुरमा २०७२ भदौमा भएको घटनामा कैद भुक्तान गरिरहेका रेशम चौधरी हाल डिल्लीबजार कारागारमा छन्। उनकी श्रीमती रञ्जिता श्रेष्ठ मन्त्री छिन् भने बुबा लालवीर चौधरी पनि प्रतिनिधिसभा सदस्य छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved