बागमती प्रदेशमा आजदेखि सार्वजनिक सवारीको घट्यो भाडा

बाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ देखि बढाइएको भाडा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपछि भाडा दर पनि घटाइएको हो।

नेपाल भ्युज

बागमती प्रदेशमा आजदेखि सार्वजनिक सवारीको घट्यो भाडा

काठमाडौं। बागमती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ देखि बढाइएको भाडा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपछि भाडा दर पनि घटाइएको हो।

प्रदेश भाडा निर्धारण-समायोजन तथा विद्युतीय भाडा भुक्तानी नियमावली,२०७८ को नियम ६ को उप नियम (२)ले दिएको अधिकार प्रयोग गर्दै भाडा घटाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २०८० जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार आज (शुक्रबार) देखि लागू हुने गरी दूरीअनुसार नयाँ भाडा दर कायम गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडा दर कायम भएको उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved