मधेसबाट युवा नेताहरूले भने- ‘भ्रष्टाचारीलाई संरक्षण गरे कांग्रेस डुब्छ’

नेपाल भ्युज

मधेसबाट युवा नेताहरूले भने- ‘भ्रष्टाचारीलाई संरक्षण गरे कांग्रेस डुब्छ’

जनकपुरधाम । नेपाली कांग्रेसका युवा नेताहरूले भ्रष्टाचारीलाई संरक्षण गर्न नहुने भन्दै पार्टी नेतृत्वलाई सचेत गराएका छन् । गत जेठ २ गते घोषित ‘कांग्रेस रूपान्तरण अभियान’अन्तर्गत बिहीबार मधेश प्रदेशको जनकपुरधाममा आयोजित बृहत् भेलाका क्रममा युवा नेताहरूले यस्तो निष्कर्ष निकालेका हुन् ।

कांग्रेसभित्र देखिएका कमीकमजोरी, विकृति-विसङ्गतिको अन्त्य गर्दै पार्टीमा व्यापक सुधार, परिवर्तन र आमूल रूपान्तरणको माग गर्दै उनीहरूले भ्रष्टाचारीलाई कारबाही हुनैपर्ने मागसमेत गरेका छन् ।

रूपान्तरण अभियानले समग्र कांग्रेसलाई बलियो, सशक्त र सुदृढ बनाउने निष्कर्ष निकालिएको युवा नेता भूपेन्द्रजङ्ग शाहीले बताए । “अभियानले पार्टीमा नयाँ आशा, कार्यकर्तामा नयाँ भरोसा र आम जनतामा नयाँ विश्वास जगाउनेछ,” उनले भनेका छन् ।

‘कांग्रेस रूपान्तरण अभियानमा महामन्त्रीको पनि सहयोग छ, सम्बोधन नभए फरक तरिकाले सोच्छौँ’ (भिडिओवार्ता)

कार्यक्रममा केन्द्रीय सदस्यहरू मधु आचार्य, चन्द्रमोहन यादवसँगै नेताहरू गुरूराज घिमिरे, लक्ष्मणलाल राय यादव, भूपेन्द्रजङ्ग शाही, रञ्जित कर्ण, राजेन्द्र अमात्य, जगदीश्वरनरसिंह केसी, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादवलगायत उपस्थित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved