कांग्रेसमा जुर्मुरायो तेस्रो पुस्ता, ‘पार्टी रूपान्तरण’ अभियान घोषणा

सातै प्रदेशमा बृहत् भेलाको आयोजना

सत्ता साझेदार दल नेपाली कांग्रेसको तेस्रो पुस्ताका नेताहरूले ‘कांग्रेस रूपान्तरण’ अभियान घोषणा गरेका छन् ।

नेपालभ्युज

कांग्रेसमा जुर्मुरायो तेस्रो पुस्ता, ‘पार्टी रूपान्तरण’ अभियान घोषणा

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको तेस्रो पुस्ताका नेताहरूले ‘कांग्रेस रूपान्तरण’ अभियान घोषणा गरेका छन् । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको घोषणा गरिएको हो ।

पार्टी दिशाहीन अवस्थामा रहेको उल्लेख गर्दै नेताहरूले बीपी कोइरालाको भनाइलाई आत्मसाथ गरेर रूपान्तरण अभियान घोषणा गरेको बताएका छन् । “सत्तामा गएपछि पार्टीलाई सुकिला-मुकिलाहरूले कब्जा गर्नेछन् र त्यसविरुद्ध सच्चा कांग्रेसीहरूले पुन: लड्नुपर्छ” भन्ने बीपीको भनाईलाई आत्मसाथ गर्दै अभियानको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अभियानका प्रदेश संयोजकहरूसमेत घोषणा गरिएका छन् । कोशी प्रदेश संयोजकमा गुरुराज घिमिरे छन् भने मधेश प्रदेशमा रञ्जित कर्ण छन् । बागमती प्रदेशमा मधु आचार्य, गण्डकी प्रदेशमा देवराज चालिसे संयोजक हुँदालुम्बिनीमा डा. गोविन्द पोखरेल छन् ।

यस्तै कर्णाली प्रदेशमा भूपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्का रहेका छन् ।

अभियानका मूलत: १२ वटा उद्देश्य रहेको उल्लेख गरिएको छ । समयानुकूल नीति र नीतिअनुसार रणनीति, संरचनागत सुधार, भातृ संस्थाहरूको पुन:जीवन, क्षमताको परीक्षण/अवसरको समानता, निर्वाचन प्रणाली परिवर्तन, सन्तुलित विदेश नीति, भ्रष्टाचारमुक्त राजनीति र सुशासन, सेवामुखी राजनीति/उद्यमशील पार्टी सदस्य, राजनीतिमा आत्मनिर्भर कांग्रेस, योग्यतन्त्रमा आधारित लोकतन्त्र, आध्यात्मिक चेतसहितको राजनीति र व्यक्ति वा गुटकेन्द्रित राजनीतिक अन्त्य गरी १२ वटा अभियानका उद्देश्यहरू छन् ।

अभियानले सातै प्रदेशमा बृहत् भेलाको आयोजना गरेको छ । निर्धारित कार्यक्रमअनुसार कोशी प्रदेशमा जेठ ११ गते बृहत् भेला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

यस्तै मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा क्रमश: जेठ १६, २०, २२, २४, २६, २९ र ३१ गते कार्यक्रम हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved