एजेन्सी । केराटिन ट्रिटमेन्ट गर्नका लागि तपाईंलाई पार्लरमा गएर धेरै पैसा खर्च गर्नुपर्ने आवश्यकता छैन । यसका लागि तपाईं घरमै चामलको प्रयोग गरेर पनि ट्रिटमेन्ट गर्न सक्नुहुन्छ ।
हाम्रो कपाल केराटिन नामको प्रोटिनले बनेको हुन्छ । जब कपालमा यो प्रोटिन कम हुन्छ त्यसपछि केराटिन ट्रिटमेन्ट गरेर यसलाई रिस्टोर गरिन्छ । तपाईं आफै घरमै चामलको सहयोगमा यो ट्रिटमेन्ट गर्न सक्नुहुन्छ ।
सामग्री
घरमै केराटिन ट्रिटमेन्ट गर्नका लागि तपाईंलाई दुई चम्चा चामल, दुई चम्चा आलसको बीज, एक चम्चा एलोवेरा जेल र पानीको आवश्यकता पर्दछ ।
विधि
- एक गिलास पानीमा चामललाई १० मिनेटसम्म पकाउनुहोस् ।
- अब अर्को ग्यासमा पानीमा आलसको बीज राखेर उमाल्नुहोस् ।
- अब उक्त चामल र बीज मिक्सरमा पिस्नुहोस् ।
- उक्त मिश्रणमा एलाबेरा जेल मिसाउनुहोस् र बन्यो तपाईंको ट्रिटमेन्ट क्रिम ।
- कपाललाई पहिला सफासँग धुनुहोस् र ब्रसको सहयोगले कपालमा क्रिम लगाउनुहोस् ।
- करीब आधा घण्टा राखेपछि कपाललाई फेरि धुनुहोस् ।
यसरी तपाईंले घरमै केराटिन ट्रिटमेन्ट गर्न सक्नुहुन्छ । जसले गर्दा कपालमा विभिन्न हानिकारक क्रिमहरुको प्रयोग गर्नु पर्दैन । यसरी गरेको घरेलु ट्रिटमेन्टले तपाईंको कपालमा भएको चायाँको समस्या पनि कम हुन्छ । साथै कपाल मुलायम र चम्किलो हुनेछ । साथै कपाल बलियो पनि हुनेछ ।