परफ्यूमलाई घरका काममा यसरी प्रयोग गर्नुस्

नेपालभ्युज

परफ्यूमलाई घरका काममा यसरी प्रयोग गर्नुस्

एजेन्सी । परफ्यूमको सहयोगमा तपाईं आफूले नुहाउने पानीलाई सुगन्धित गर्नुका साथै कोठालाई सुगन्धित बनाउन पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै अन्य विभिन्न प्रकारले पनि परफ्यूमको प्रयोग गर्न सकिन्छ । परफ्यूमलाई शरीरमा लगाउनु बाहेक कसरी अरु तरिकाले प्रयोग गर्न सकिन्छ भनेर जानौं ।

  •  गर्मीको मौसममा खुट्टाबाट पनि दुर्गन्ध आउने गर्दछ, यस्तोबेला पनि परफ्यूम काम लाग्न सक्छ । तपाईं आफ्नो मनपर्ने परफ्यूम लिनुहोस् र खुट्टा धोएपछि त्यसमा स्प्रे गर्नुहोस् ।
  •  यदी तपाईं नुहाउँने बित्तिकै बासनादार हुन चाहनुहुन्छ भने नुहाउने पानीमा केही थोपा परफ्यूम राख्नुहोस् । उक्त पानीले नुहाउनु भयो भने तपाईं सुगन्धित हुनुहुनेछ ।
  •  घरमा विभिन्न चिजहरुबाट निस्कने दुर्गन्धलाई मेटाउन पनि परफ्यूमको प्रयोग गर्न सकिन्छ । यसले तपाईंलाई छुट्टै रुम फ्रेसनर किन्नु पर्दैन ।
  •  यदी तपाईं घरमै मैनबत्ती बनाउन चाहनुहुन्छ भने त्यसमा सुगन्धित बनाउनका लागि परफ्यूमको प्रयोग गर्न सकिन्छ । यसका लागि जब तपाईं मैनबत्ती पगाल्नुहुन्छ त्यसमा परफ्यूम राख्नुहोस् जसले गर्दा मैनबत्ती जलाउँदा सुगन्ध फैलन्छ ।
  •  यदी कपाल धुन फुर्सद नहुँदा पसीनाले कपालबाट दुर्गन्ध आइरहेको छ भने पनि चिन्ता लिनु पर्दैन । तपाईं आफ्नो कपाल कोर्ने ब्रसमा परफ्यूम लगाउनुहोस् र उक्त ब्रसले कपाल कोर्नुभयो भने कपाल सुगन्धित हुन्छ ।
  •  त्यस्तै कपडाहरुलाई सुगन्धित बनाउनका लागि कपडा राखेको दराजमा पनि परफ्यूम स्रे गर्न सकिन्छ । जसले गर्दा कुनै दिन परफ्यूम नलगाई घरबाट निस्कँदा पनि तपाईं सुगन्धित हुनुहुनेछ ।
  •  त्यसबाहेक तपाईंलाई मन पर्ने परफ्यूम बैठक कोठा, सुत्ने कोठा, भान्सा लगायत पूरै घरमा लगाउन सक्नुहुन्छ । जसले गर्दा घर नै सुगन्धित हुनेछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved