एनआईसी एसिया बैंकमा भिडियो कलमार्फत थप पाँचवटा सेवा पाइने

नेपालभ्युज

एनआईसी एसिया बैंकमा भिडियो कलमार्फत थप पाँचवटा सेवा पाइने

काठमाडौं। एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूको लागि ल्याएको भिडियो केवाईसी सेवाअन्तर्गत अनलाइन भिडियो कल गरी केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा इमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ ।

अनलाइन खाता खोल्ने ग्राहक महानुभावहरूको लागि भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यसअघि नै सुरुवात गरिसकेको बैंकले अब थप पाँचवटा सेवासमेत यस प्रणालीमा जोडेको हो ।

घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवाहरू बैंकको वेबसाइट nicasiabank.com मा रहेको एप्लाई नाउमा ट्याब गरी भीकेवाईसीबाट उल्लेखित सेवाहरूमध्ये ग्राहकहरूले इच्छाएको सेवा छनोट गरी बैंकलाई अनुरोध गर्न सक्नेछन् र ग्राहक महानुभावले दिएको अनुकूल समयमा बैंकले सम्बन्धित ग्राहक महानुभावलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ ।

परिवर्तित समयअनुरूप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकहरूले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved