अतिवादको पक्षमा होइन, सामाजिक सदभावसहितको राष्ट्रिय एकतामा जोड दिँउ : ओली

नेपालभ्युज

अतिवादको पक्षमा होइन, सामाजिक सदभावसहितको राष्ट्रिय एकतामा जोड दिँउ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयाजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिसहितका विविधतायुक्त नेपालले सामाजिक सदभावसहितको राष्ट्रिय एकताको सुदृढीकरणमा जोड दिनुपर्ने बताए। उनले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सदूपयोग गर्दै अघि बढनुपर्ने आवश्यक्ता समेत औंल्याए । उनले  नेपालीहरुले अतिवादमा जानै नहुने पनि पटकपटक दोहोर्‍याए ।

मुलुकमा पनि साम्प्रदायिक विद्धेष फैंल्याउने षडयन्त्र भईरहेको उल्लेख गर्दै उनले त्यसबाट जोगिएर अघि बढनुपर्ने पनि बताए । ओलीले विश्व राजनीतिमा धर्मको नाममा जनता मारिएको दृष्टान्त पेश गर्दै नेपालले पनि त्यसबाट सिकेर अतिवादको पक्षमा लाग्न नहुने बताए ।

‘विविधताको देश हो । हाम्रो सामाजिक विविधता, सांस्कृतिक विविधताहरु पनि छन । यसलाई हामीले, नेपालीहरु सबैले हाम्रो सम्पदा, सामूहिक सम्पत्ति हो भनेर ठान्न सक्नु पर्दछ । यो सम्पत्तिको हामीले त्यसै अनुसार सकारात्मक सदूपयोग गर्ने दृष्टिकोण लिनु पर्दछ’ उनले भने,  ‘यसलाई परस्परमा विद्धेष, घृणा, अनेकता र फाटोको विषय बन्न दिनु हुँदैन । मैले देखेको छु–विश्व राजनीति कहिले कुन धर्म र कुन धर्म । कहिले एउटै धर्म भित्र पनि यो पक्ष र त्यो पक्ष भनेर विभिन्न खाले चल्ने गरेका छन । धर्मका नाउमा ठूलाठूला लडाईँह, विनाश र मानिसहरु मारिएका छन । त्यसकारण हामीले अतिमा जानु हुँदैन । नकारात्मक सोचमा जानु हुँदैन ।’

अध्यक्ष ओलीले नेपालीहरुबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सदभाव बिथोल्ने प्रयास हुन सक्ने भन्दै सचेत पनि गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved