मदन राईलाई थप ८ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालभ्युज

मदन राईलाई थप ८ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं।  ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बाल बालिका र किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मदन राईलाई थप ८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङकाका अनुसार शुक्रबार जिल्ला अदालतले थप ८ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो।

वैशाख २९ गते पक्राउ परेका राईमाथि अनुसन्धान गर्न अदालतले सुरूमा ७ दिने म्याद दिए पनि प्रहरीले अनुसन्धान नसकिएको भन्दै शुक्रबार फेरि उनलाई अदालतमा पेश गरेर म्याथ थप्न माग गरेको थियो।

सोही अनुसार अदालतले थप ८ दिन राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। फाउन्डेसनका संस्थापक समेत रहेका राईले आफूहरूमाथि अनेक किसिमले यौन दुर्व्यवहार गरेको किशोरीहरूको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved