भारतीय केन्द्रीय बैंकले २ हजारको नोट विस्थापित गर्ने

नेपालभ्युज

भारतीय केन्द्रीय बैंकले २ हजारको नोट विस्थापित गर्ने

काठमाडौँ ।‘भारतीय रिजर्भ बैंक’ ले शुक्रबार २ हजार दरका नोट अब चलनचल्तीमा नल्याउने निर्णय गरेको छ। यद्यपि तत्काल २ हजार दरको नोट अवैध भने हुने छैन ।

भारतीय केन्द्रीय बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार यो नोटलाई प्रचलनमा नल्याउने निर्णय भएको हो । ३० सेप्टेम्बरसम्म सर्वसाधारणले बैंकमा गएर सो नोट सटही गर्न तथा बैंक खातामा जम्मा गर्न सक्नेछन् ।

नयाँ निर्णयसँगै केन्द्रीय बैंकले २ हजार दरको नयाँ नोट अब जारी गर्ने छैन । अहिले बजारमा २ हजार दरका ३.६२ करोड रुपैयाँ भारु बजारमा चलनचल्तीमा भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved