प्रधानमन्त्रीबाट गम्भिरताका साथ प्रश्नको जवाफ आएन : प्रमुख सचेतक गिरी

नेपालभ्युज

प्रधानमन्त्रीबाट गम्भिरताका साथ प्रश्नको जवाफ आएन : प्रमुख सचेतक गिरी

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुको प्रश्नको जवाफ गम्भिरतको साथ नदिएको बताएका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीबाट गम्भिरता र महत्वका साथ प्रश्नको जवाफ नआएको बताएका हुन् । प्रश्नोत्तर केवल औपचारिकतामा मात्रै सिमित भएको उनले बताए ।

मुलुकमा आर्थिक संकट भएपनि समस्याको समाधान गर्ने ठोस योजनाहरुसहितको जवाफ प्रधानमन्त्रीले दिन नसकेको उनको भनाई छ । सरकार कुहिरोको कागजस्तो दिशाहिन अवस्थामा रहेको उनले बताए । प्रमुख सचेतक गिरीले आगामी बजेट रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने गरी आउनुपर्ने बताए ।

‘प्रश्नोत्तरको सवालमा जुन गम्भिरताको साथ, जुन महत्वका साथ जसरी माननीयहरुले प्रश्न उठाउनुभयो प्रधानमन्त्रीज्यूबाट त्यही हिसावले प्रश्नको उत्तर आएन । एउटा औपचारिकता पूरा गर्ने हिसाबले मात्रै प्रश्नको उत्तर दिने काम भएको छ  आउने प्रश्नोत्तरहरुमा अझै धेरै तयारी गरेर र योजनाका साथ यस्ता प्रश्नोत्तरमा उहाँहरु सहभागि हुनुपर्छ’ उनले भने, ‘अहिले मुलुकमा आर्थिक मन्दी छ, आर्थिक संकट गहिरिदो छ । यो समस्याको समाधान गर्नका लागि सरकारका ठोस योजनाहरु के हुन् त भनेर जुन हामीले एउटा प्रश्न थियो त्यो प्रश्नको पनि चित्तबुझ्दो ढंगले जवाफ आएन । यसको मतलव सरकार कुहिरोको काग जस्तो छ ।’

‘अहिलेपनि दिशाहिन स्थितिमा छ । अहिलेपनि धेरै इस्युहरुमा प्रष्ट हुन सकिराखेको छैन । र भोलिको बाटो कुन हो भन्ने कुरामा सरकारले गन्तव्य सही ढंगले पहिल्याउन सकेको छैन । रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्‍यो । अनुत्पादक क्षेत्रमा पैसा अनावश्यक खर्च गर्नुभएन । आयातलाई प्रतिस्थापन गर्ने खालका क्षेत्रहरुमा लगानी बढाउनु पर्‍यो । क्षेत्र निर्धारण गरेर लगानी गर्ने ढंगले बजेट आउनुपर्छ भन्ने ठान्छु ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved