बलिउड अभिनेता गोविन्दाकी नेपाली श्रीमती सुनिता किन भइन् ट्रोल !

बलिउडका हिरो नम्बर वन अर्थात् गोविन्दा (गोविन्दा)की पत्नी सुनिता आहुजा सामाजिक सञ्जालका ट्रोलको सिकार भएकी छिन्। उनको माइती नेपालमा हो । भारतको उज्जैन स्थित महाकाल मन्दिरमा दर्शन गर्न पुग्दाका तस्वीरले उनलाई अहिले समस्यामा पारेको छ ।

नेपालभ्युज

बलिउड अभिनेता गोविन्दाकी नेपाली श्रीमती सुनिता किन भइन् ट्रोल !

एजेन्सी। बलिउडका हिरो नम्बर वन अर्थात् गोविन्दा (गोविन्दा)की पत्नी सुनिता आहुजा सामाजिक सञ्जालका ट्रोलको सिकार भएकी छिन्। उनको माइती नेपालमा हो । उनी हालै भारतको उज्जैनको महाकाल मन्दिरमा दर्शन गर्न पुगेकी थिइन्।

जसका धेरै तस्वीर सामाजिक सञ्जालमा आएका छन्। यी तस्वीरमा सुनिता मन्दिरको गर्भगृहमा ह्यान्डब्याग बोकेकी देखिएकी छिन्। जसका कारण अहिले भारतमा सामाजिक सञ्जालमा ठुलै हंगामा भएको छ। वास्तवमा, मन्दिर भित्र ब्याग, पर्स जस्ता छालाले बनेका चीज बोक्न निषेध गरिएको हुन्छ ।

सुनिता १५ मेमा उज्जैनको महाकाल मन्दिर पुगेकी थिइन्। मन्दिर भित्र पूजा गर्दा उनको हातमा झोला पनि देखियो। जसलाई मन्दिर भित्र लैजान निषेध गरिएको थियो। अचम्मको कुरा त सुनिताको भनाइमा मन्दिर कमिटीका कुनै पनि सदस्यले ध्यान दिएनन्। त्यसपछि मन्दिरको सुरक्षामा पनि धेरै प्रश्न उठिरहेका छन् र यो तस्विरलाई लिएर सामाजिक सञ्जालमा चर्को वहस भैरहेको छ।

महाकाल मन्दिरका प्रशासकको अनुसार गेटमा सुरक्षा टोली खटिएका थिए। कसैले पनि झोला र पर्स भित्र नलगोस् भनेर जाँच गर्ने जिम्मा उनीहरूको थियो। गल्ती गर्ने कर्मचारीलाई कडा कारबाही गरिने मन्दिर प्रशासनले जनाएको छ।

सुनिता आहुजाले मन्दिरको दर्शनपछि आफ्नो इन्स्टाग्राम अकाउन्टमा तस्वीर सेयर गरेकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved