प्रधानमन्त्री प्रचण्डले भने,‘अहिले हामी सुशासनको निम्ति गम्भीर भएर लागेका छौँ’

उनले देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक रहेको बताए। उनले वर्तमान अवस्थामा पनि जटिलताहरू धेरै रहेको उल्लेख गर्दै इमानदार कम्युनिष्टहरुको आवश्यकता रहेको बताए।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले भने,‘अहिले हामी सुशासनको निम्ति गम्भीर भएर लागेका छौँ’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय र सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले शुरु गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सुशासनको निम्ति गम्भीर भएर लागेको बताए।

उनले देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक रहेको बताए। उनले वर्तमान अवस्थामा पनि जटिलताहरू धेरै रहेको उल्लेख गर्दै इमानदार कम्युनिष्टहरुको आवश्यकता रहेको बताए।

उनले भने, ‘अहिले परिस्थिति नयाँ बनेको छ। हामी फेरि पनि सामाजिक रूपान्तरणको निम्ति मैले अहिले सरकारको प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्री मण्डलले सामाजिक न्याय र सुशासन र समृद्धि यात्रालाई नयाँ ढङ्गले शुरु गर्ने भन्ने एउटा अठोटका साथ अघि बढेका छौँ। सरकार राम्रा बाहेक नराम्रा काम गर्दै नगर्ने गर्दै नगर्ने भनेर लागेका छौँ। सुशासनका लागि हामीलाई सम्पूर्ण इमानदार क्रान्तिकारीहरूको साथ हुनेछ। जटिलता अहिले पनि छन्, म धेरै भन्न चाहन्न, अहिले हामी सुशासनको निम्ति गम्भीर भएर लागेका छौँ । सामाजिक न्याय र समृद्धिका निम्ति पनि अघि बढेका छौँ।’’

प्रधानमन्त्री दाहालले सरकार सामाजिक न्याय र समृद्धिका लागि अघि बढेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved