पक्राउ परेका बालकृष्ण खाणलाई भेट्न हिरासतमा नेताहरूको लर्को

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गरेको गिरोहलाई नीतिगत निर्णय गराउन सहयोग गरेका खाणलाई भेट्न टेकुस्थित प्रहरी परिसर काठमाडौंमा नेताहरू गइरहेपनि प्रहरीले भेट्न दिएको छैन।

नेपालभ्युज

पक्राउ परेका बालकृष्ण खाणलाई भेट्न हिरासतमा नेताहरूको लर्को

काठमाडौं। पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि उनलाई हिरासतमा भेट्न नेताहरूको लर्को लागेको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गरेको गिरोहलाई नीतिगत निर्णय गराउन सहयोग गरेका खाणलाई भेट्न टेकुस्थित प्रहरी परिसर काठमाडौंमा नेताहरू गइरहेपनि प्रहरीले भेट्न दिएको छैन।

‘जे सोध्नु छ, यहीँ सोध्नु’ भन्दै प्रहरीलाई थर्काएपछि खाणलाई पुर्जी थमाएर पक्राउ गरियो

उनलाई भेट्न नदिएपछि कांग्रेस नेता तथा पूर्व सांसद वीरेन्द्र कनोडिया फर्किएका छन्। यस्तै अरू केही नेता तथा सांसद पनि भेट्न पाउने आशामा छन्। आर्थिक लाभ लिएर खाणले आफूहरूलाई सहयोग गरेको पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा भनेका छन्।

खाँण पक्राउ गरेलगत्तै जडीबुटीबाट उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले हिरासतमा लिएको छ। उनीहरूलाई थप अनुसन्धानको लागि म्याद थपको लागि जिल्ला अदालत काठमाडौं लगिँदैछ।

कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ


Comment

One thought on “पक्राउ परेका बालकृष्ण खाणलाई भेट्न हिरासतमा नेताहरूको लर्को

  1. सत्य तथ्य छानबिन गरि दोषीलाई हदय सम्मको कार्वाही गरियोस् ।यसमा कसैको नातावाद कृपावाट पहुचवाटले कुनै पनि बाढा अड्चन नपारोस्।जय नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved