खुट्टाका नङ पहेंलो किन हुन्छन् ?

नेपालभ्युज

खुट्टाका नङ पहेंलो किन हुन्छन् ?

एजेन्सी । केही मानिसका खुट्टाका नङको रंग पहेंलो हुन थाल्छ । नङ पहेंलो हुनु पछाडी विभिन्न कारण हुन सक्छन् । जसलाई जानेको खण्डमा यसबाट छुट्कारा पाउन सकिन्छ ।

खराब कलेजो – कलेजोमा केही खराबी भएमा खुट्टाको नङ पहेंलो हुन सक्छ । कलेजो सुन्निने वा कुनै संक्रमण भएको खण्डमा खुट्टाका नङ कमजोर तथा पहेंलो हुन्छन् ।

रगतको कमी– के तपाईंलाई थाहा छ शरीरमा रगतको कमी भयो भने पनि खुट्टाको नङ पहेंलो हुन सक्छ । रगतको कमीले नङ कमजोर हुने तथा भाँचिने समस्या पनि देखिन्छ ।

पोषक तत्वको कमी– शरीरमा पोषक तत्वको कमीले पनि नङ कमजोर हुने तथा पहेंलो हुने समस्या देखिन्छ । त्यसैले आइरन, भिटामिन तथा क्याल्सियम जस्ता पोषक तत्वको सेवन गर्नुपर्दछ ।

फंगलको संक्रमण– विभिन्न किटाणु तथा फोहोरको संक्रमणले पनि नङ पहेंलो हुने वा सेतो हुने समस्या देखिन्छ । त्यसैले यस्तो समस्या धेरै दिन देखियो भने बेवास्ता गर्नु हुँदैन ।

नङ पालिस– नियमित रुपमा नङ पालिस लगाउँदा पनि पहेंलो हुने समस्या देखिन्छ । त्यसैले कहिलेकाँही नङलाई यत्तिकै राख्ने गर्नुपर्दछ ।

बिमारीको कारण– विभिन्न खाले रोगका कारणले पनि खुट्टाका नङ पहेंलो हुने समस्या हुन्छ । यदि तपाईंलाई मधुमेह, थाइराइड जस्ता दिर्घरोगको समस्या छ भने यस्तो देखिने सम्भावना रहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved