सम्बन्धमा आएको तनावलाई कम गर्ने तरिका

नेपालभ्युज

सम्बन्धमा आएको तनावलाई कम गर्ने तरिका

एजेन्सी । जीवनसाथीसँग तपाईंको राम्रो नराम्रो हरेक प्रकारको सम्बन्ध रहन्छ । केही समय यस्ता हुन्छन् जो जीवनभर याद रहिरहन्छन् । केही समय यसरी बित्छन् जसलाई कसैले पनि जीवनमा सम्झन चाहँदैन । यस्तो खालको समयलाई तनावपूर्ण समय भन्न सकिन्छ ।

खासगरी तनाव वा स्ट्रेस भएको बेला जोडीले एकअर्कालाई साथ दिनुपर्ने हुन्छ । तर कैयौं पटक यस्तो पनि हुन्छ चाहेर वा नचाहेर पनि कुनै जोडीले नराम्रो समयमा एकअर्कालाई साथ दिएका हुँदैनन् ।

जसले गर्दा उनीहरुको सम्बन्धमै दरार आउन थाल्छ । कतिपय अवस्थामा त्यो दुरी यस्तो हुन्छ कि सम्बन्ध नै जोखिममा पर्न थाल्छ । त्यसैले तपाईंले समयमै ध्यान दिएर तनावपूर्ण समयबाट सजिलै बाहिर आउन पनि सक्नुहुनेछ । त्यसका लागि थोरै मेहनत गर्नुपर्ने हुन्छ ।

पार्टनरलाई सर्पोट गर्ने

यदी तपाईंको पार्टनर कुनै कारणले तनावमा हुनुहुन्छ, जसकारण तपाईंहरुबीच दुरी आएको छ भने यस्तो परिस्थितिमा तपाईंको जिम्मेवारी बन्छ आफ्नो पार्टनरलाई सपोर्ट गर्ने । हरेक परिस्थितिमा आफ्नो साथीलाई साथ दिने कुरा ध्यानमा राख्नु पर्दछ । यो कुरालाई सधैं ध्यानमा राख्नुपर्दछ कि यदी तपाईंले आफ्नो पार्टनरलाई संकटको बेला साथ दिनुभएन भने त्यसको असर तपाईंहरु दुबैको सम्बन्धमा पर्नेछ । जसले गर्दा सम्बन्धमा दुरी आउने निश्चित छ ।

पार्टनरलाई सहयोग गर्ने

कतिपय अवस्थामा पार्टनरलाई सपोर्ट गर्नुमात्रै पनि काफी हुँदैन त्यसैले पार्टनरप्रति सहयोगको हात पनि बढाउनु पर्दछ । कतिपय व्यक्ति यस्ता पनि हुन्छन् जो कसैको सहयोग लिन चाहँदैनन् । तर धेरै व्यक्तिलाई कसैको साथ तथा सहयोगको आवश्यकता पर्दछ । तपाईंले आफ्नो पार्टनरको समस्या राम्रोसँग सुन्नुहोस् र आफ्नो क्षमताअनुसार उनलाई सहयोग गर्नुहोस् । विशेषज्ञहरुका अनुसार पनि तपाईंलाई तनावको समयमा थोरै धैर्यता देखाउनुपर्ने हुन्छ । जसले गर्दा समय बित्दै जाँदा तनावको समय पनि बित्नेछ ।

कुराकानीको तरिका बदल्ने
सम्बन्धमा दुरी आउनुका पछाडि जस्तो कारण पनि हुन सक्छ । जस्तै घरमा आर्थिक समस्या, बच्चाहरुको स्कूल कलेजको पढाईको तनाव, पार्टनरको जागिर जानु, व्यवसायमा राम्रो नहुनु आदि । यस्तो अवस्थामा एकअर्कालाई सपोर्टमात्र भन्दा पनि कुराकानीको तरिकामा पनि परिवर्तन ल्याउने पर्ने हुन सक्छ । यस्तो तनावको बेला मानिसले आफ्नो दिमागले काम नगरे जस्तो पनि महसुस हुन्छ । तर पनि यस्तो अवस्थामा कुराकानीमा धेरै सकारात्मक भावका शब्दहरुको प्रयोग आदि गर्न सकिन्छ । जसले गर्दा सम्बन्धमा तनाव कम हुन्छ ।

आफ्नो तनावसँग लड्ने

यदी सम्बन्धको स्ट्रेसका कारण तपाईं तनावमा हुनुहुन्छ भने तपाईंलाई आफ्नो पार्टनरलाई सहयोग गर्न पनि गाह्रो पर्नेछ । यस्तो स्थितिमा तपाईं आफ्नो तनावलाई व्यवस्थापन गर्न सिक्नुहोस् । यसका लागि तपाईंले दैनिक जीवनमा केही परिवर्तन गर्न जरुरी हुन्छ । त्यस्तो कार्यमा आफूलाई व्यस्त बनाउनुहोस् जुन काम गर्दा तपाईंलाई आत्मसन्तुष्टि हुन्छ । आफ्ना रुचीहरुलाई ठाउँ दिनुहोस् । आफ्नो मनपर्ने रेष्टुरेन्टमा जानुहोस्, पार्टनरसँग राम्रो समय बिताउनुहोस् । यसरी तपाईंले आफ्नो तनावलाई कम गर्न सक्नुहुन्छ साथै सम्बन्धमा आएको दुरीलाई पनि कम गर्न सक्नु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved