फरार सांसद टोपबहादुरको घरमा प्रहरीको छापा

नेपालभ्युज

फरार सांसद टोपबहादुरको घरमा प्रहरीको छापा

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । हाल रायमाझी बस्दै आएको ललितपुर सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको संयुक्त प्रहरी टोली मंगलबार दिउँसो छापा मार्न पुगेको हो ।

नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएका छन् । उनीमाथि पक्राउ पुर्जी जारी भइसकेको छ। हाल उनी सम्पर्कविहीन छन् ।

अर्घाखाँचीबाट रुपन्देही झर्नेबित्तिकै प्रहरी नियन्त्रणमा रहेको भनिएका रायमाझी एकाएक फरार भएको विषय बाहिर आएको छ।
रायमाझीका छोरा भने प्रहरी हिरासतमा छन्।

यो घट्नामा शीर्ष नेता र उनको परिवारको नामसमेत जोडिएको छ। प्रहरीले सोमबार देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved