एजेन्सी। फोनको सुन्दरता बढाउन तथा त्यसलाई सुरक्षित राख्नका लागि हामीले विभिन्न डिजाइनका मोबाइल कभरहरूको प्रयोग गर्छौं । धेरैजसो मानिस पारदर्शी खालको कभरहरू प्रयोग गर्न रुचाउँछन् । यदि, तपाईं पाँच मिनेटमै आफ्नो कभरलाई सफा राख्न चाहनुहुन्छ भने आज हामी तपाईंलाई सजिलै सफा गर्ने तरिका बताउनेछौं ।
मोबाइल कभर किन फोहोर हुन्छ ?
सबैभन्दा पहिला यो जान्न जरुरी छ कि फोनको कभर के कारणले फोहोर हुन्छ । खासगरी, फोन तातिने भएकाले त्यसको तापक्रमले गर्दा फोनको कभर पहेंलो हुने गर्दछ । जसलाई सफा गर्दा पनि पहेंलै देखिन्छ । यस्तो स्थितिमा तपाईंको फोन कभर फेर्नुपर्ने हुन्छ ।
भाँडाधुने लिक्विडले सफा गर्ने
मोबाइल कभरलाई सफा गर्नका लागि एउटा स्क्रबमा भाँडा धुने लिक्विड राख्नुहोस् र फोन कभरलाई घोटेर सफा गर्नु पर्दछ । त्यसपछि मोबाइल कभरलाई पानीले सफा गर्नुहोस् र सुतीको कपडाले पुछ्नुहोस् । यो तरिकाले तपाईं केही मिनेटमै मोबाइल कभर सफा गर्न सक्नुहुन्छ ।
टुथब्रसले सफा गर्ने
टुथब्रसले फोनको कभरलाई सफा गर्नका लागि तपाईंले मोबाइल कभरलाई केहीबेर एउटा भाँडोमा भिजाएर राख्ने । त्यसपछि टुथब्रसको मद्दतले कभरको फोहोरलाई घोटेर सफा गर्नुहोस् ।
यदि, कभर एकदमै फोहोर भएको छ भने सर्फ पानीमा केहीबेर भिजाएर त्यसपछि ब्रसले घोटेर सफा गर्न सकिन्छ । यसरी तपाईंको फोनको कभर एकदमै नयाँ जस्तो देखिनेछ ।
पहेंलो दागलाई सफा गर्ने तरिका
बेकिंग सोडाको प्रयोग गरेर पनि तपाईं आफ्नो फोनको कभर सफा गर्न सक्नुहुन्छ । त्यसका लागि एउटा भाँडोमा बेकिंग सोडा राखेर कभरमा लगाउने र ब्रसले घोटेर सफा गर्ने । यसरी मोबाइलको कभर सजिलै सफा गर्न सकिन्छ ।
Facebook Comment
Comment